काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिमा साझा व्यक्तिको रूपमा अघि सोच्न सकिने बताए ।
Advertisement
कम्युनिस्ट पार्टी अफ (मार्क्ससिस्ट लेनिनस्ट) लिभरेसनको ११ औँ कङ्ग्रेसमा भाग लिएर फर्किएकाले अब राष्ट्रपतिका विषयमा गम्भीर छलफल हुने बताए ।
आफू भारत भ्रमणमा निस्किएपछि राष्ट्रपतिका विषयमा अनेक टिप्पणी भएकोमा खनालले खण्डन गरे । भारतमा हुँदा राष्ट्रपतिका विषयमा कुनै चर्चा समेत नभएको उनले बताए ।