काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ । पौडेल कांग्रेसका तर्फबाट राष्ट्रपति उम्मेदवार बन्ने चर्चा छ । पौडेलले आँफुलाई सघाउन आग्रह गरेका छन् ।
Advertisement
जसपाको केन्द्रीय कार्यालयमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । यादवले उपराष्ट्रपतिबारे चासो व्यक्त गरेका थिए । राष्ट्रपतिको निर्वाचन, विधान अधिवेशनको तयारी लगायतका अजेण्डाहरुमा छलफल गर्न जसपाले आइतबार कार्यकारिणी समितिको बैठक बोलाएको छ ।