काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुरक्षा माग गरेका छन् । घिसिङले बुधबार गृहमन्त्रालयमा पत्रचार गदै सुरक्षा माग गरेका हुन् । प्रसारण लाइन विस्तारमा अवरोधपछि उनले सुरक्षा मागेका हुन् ।
Advertisement
घिसिङले पठाएको पत्र अनुसार प्रदेश ४ बाटो उत्पादित सम्पूर्ण विद्युत् राष्ट्रिय प्रणालीमा आवद्ध गर्ने सिलसिलामा पर्वत जिल्लाका सबै स्थानमा प्रसारण लाइनका टावरहरु निर्माण भइ तार तान्ने कार्य अन्तिम चरणमा पुगको अवस्थामा पर्वतका फलेवास नगरपालिका वडा ६ का स्थानिय तथा जनप्रतिनिधिको अवरोधपछि प्राधिकरणले सुरक्षा माग गरेको हो । स्थानियको अवरोधपछि आयोजनाको प्रसारण टावरहरु क्रमश ः एपि १०, एपि १० ‘ए’ र एपि ११÷० गरी तिनवटा टावरहरु निमार्ण गरी अवरोध भएको प्राधिकरण जनाएको छ ।