भरतपुर । अर्किड स्कुलले आफ्नौ १२ औँ वार्षिकोत्सव मनाएको छ । भरतपुर–१०, हाकिमचोकमा रहेको अर्किड स्कुलले वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु समेत गरेको थियो । वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्की, प्यावसन चितवनका अध्यक्ष कीर्तिनिधि अर्याल, वडा नं १० का वडाध्यक्ष परमेश्वर खनाल, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका प्रमुख भूमिलाल सुवेदी, भरतपुर महानगर प्यावसनका अध्यक्ष लेखनाथ खनाल, भरतपुर महानगर संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष भोजराज न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयका सह–प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेका थिए । प्राचार्य डा. खेम आचार्यले शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।समारोहमा वार्षिक मुखपत्र ‘सुनगाभाः विशेषांक –७’ लोकार्पण गरिएको थियो । यसैगरी, जेष्ठ अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको मुख्य आकर्षणमा ’ह्याण्डिक्य्राफ्ट एक्स्पो’, ’फुड फेस्ट’ ’विज्ञान प्रर्दर्शनी’ भएका थिए ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले गायन, नृत्य, नाटक आदि प्रस्तुत गरेका थिए । स्काउट ट्रुपको मार्च पास र तेक्वाण्डो खेलाडीका रोमान्चक प्रस्तुतिले कार्यक्रमको रौनकता थपेको थियो । विभिन्न विद्यार्थीहरु पुरस्कृत भएका थिए । औपचारिक सत्र र सांस्कृतिक कार्यक्रम क्रमशः शिक्षकद्वय मनोज पन्त र प्रतीक्षा श्रेष्ठले गरेका थिए । कार्यक्रम संचालक समितिका अध्यक्ष आकाश पौडेलको अध्यक्षतमा भएको हो ।