धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गठबन्धन तत्काल नफुट्ने दाबी गरेका छन् । बिहीवार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा उनले सत्तारुढ गठबन्धनमा कुनै समस्या नरहेको जीकिर गरेका हुन् ।
उनले राष्ट्रपतिको विषयलाई गठबन्धन भत्किने चर्चा भएपनि कुनै विवाद नरहेको दाबी गरे । उनले भने, “राष्ट्रपतिका लागि गठबन्धनमा जे सहमति भएको छ त्यहीअनुसार अघि बढ्छ ।” उनले एमालेबाटै नयाँ राष्ट्रपति चयन हुने बताए । गठबन्धनका दलहरूको सहमतिअनुरूप नै राष्ट्रपति चयन हुने बताए । उनले पूर्वसहमति कार्यान्वयन हुने बताएका हुन् ।
उनले सुदूरपश्चिमको सन्दर्भ जोड्दै टीकापुर हत्याकाण्डका मुख्य दोषी रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले समर्थन नगर्दा एमाले नेतृत्वको गठबन्धन सरकार ढलेको र अहिलेको कांग्रेस नेतृत्वको सरकार पनि संकटमा रहेको बताए ।