भरतपुर । भरतपुर महानगरले महिला हिंसा विरुद्धको आत्मरक्षा कला तालिम दिएको छ । भरतपुर महानगरको वडा नम्बर ३ ले ३ दिनसम्म तालिम दिएको हो । तालिममा २२ वटा टोल र ११ वटा आमा समुहबाट छनौट भएका १ सय ५० जना बढी महिलाहरुको सहभागि थिए ।
Advertisement
उपमेयर चित्रसेन अधिकारीले महिला हिंसा विरुद्ध हरेक टोल टोलमा सचेतना अभियान चलाइनुपर्ने बताए । उनले हिंसा विरुद्ध प्रतिरक्षा गर्न सक्ने कला महानगरका हरेक वडातहमा पु¥याउन जरुरी रहेको बताए । वडाध्यक्ष विकास थापाले आत्मरक्षा कलाले हिम्मत बढेको बताए । उनले हिंसारहित वडा बनाउन लागिपर्ने बताए । कार्यक्रममा नगर कार्यपालिका सदस्य सुकमाया परियार, वडा सदस्य कमला देवी बोलखे, रामबहादुर लोहनी, माधव अर्याल लगायतले मन्तव्य राखेका थिए ।