काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राष्ट्रपतिको चुनावमा शक्ति राष्ट्रले प्रत्यक्ष भूमिका खेलेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् । आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रतिका लागि भूमिका खेलिरहेको जीकिर गरेका छन् ।
Advertisement
उनले विदेशी शक्ति राष्ट्रका मानिसहरु आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोज्याउने काम गरिरहेको टिप्पणी गरेका छन् । उनले नेपालमा गणतन्त्र माथिको खतरा गणतन्त्र पक्षधरहरुबाट नै रहेको बताए । उनले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दखल भइरहेको बताए । भूगोलको हिसाबले राष्ट्र सानो, ठूलो भए पनि सार्वाभौम सत्ता, भौगोलिक अखण्डताको हिसावले राष्ट्र सानो, ठूलो नहुने बताए ।