जनकपुरधाम । मधेश प्रदेशसभा बैठक अवरुद्ध भएको छ । संसदीय दलको कार्यालयमा अतिथि बोलाउन पाउने कि नपाउने विषयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले मधेश प्रदेशसभा बैठक अवरोध गरेको छ ।
Advertisement
संसदीय दलमा मर्यादा पालकले अतिथिलाई आउन नदिएको भन्दै कांग्रेसका सचेतक कुमरकान्त झाले कुरा राख्दै जवाफ नआएसम्म संसद चल्न नदिने बताए ।प्रदेशसभा सचिवालयभित्र सबै दलको संसदीय दलको कार्यालय छ ।
यता सभामुख रामचन्द्र मण्डलले तपाईको पाहुना बम लिएर संसद सचिवालयभित्र आउन खोजे प्रवेश गर्न दिने की नदिने भनेर प्रश्न गरे ।त्यसपछि कांग्रेसका एक सांसदले सभामुखको उक्त कुराको विरोध गरे । १० मिनटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको छ ।