भरतपुर । पूर्वीचितवनको रत्ननगरमा एक जना मृत फेला परेका छन् । रत्ननगर–७ बद्रेनी स्थित राप्ती नदीमा भरतपुर महानगर–११ का ३१ वर्षिय प्रसन्न न्यौपाने मृत भेटिएका हुन् ।
उनको शव पानीमा डुविरहेको अवस्थामा फेला परेका हुन् ।
Advertisement
डुविरहेको अवस्थामा माझीले देखि नदिको किनारमा तानेर राखेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी चौकी बछौलीबाट प्रहरी सहायक निरीक्षकको टोलीले घटनास्थलको मुचुल्का उठाएको छ । घटनबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।