काठ्माण्डौ । प्रतिनिधिसभाले लगाएको महाअभियोग संसदको कार्यकालमा नटुंगिए अर्को प्रतिनिधिसभाले टुंग्याउने गरी दायीत्व सर्ने भएको छ । प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम रहेको अवस्थामा दर्ता भएका महाअभियोग छिनोफानो हुन नसके नयाँ बन्ने अर्काे संसदमा सर्ने भएको हो ।
Advertisement
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको मंगलबार बसेको बैठकले संसद कार्यकालको अन्त्यतिर आएका महाअभियोग प्रस्तावलाई बेबारिसे नछड्ने निष्कर्षमा पुगेको हो । राष्ट्रपति र उपराष्ट्रपतिविरुद्धका महाअभियोग प्रस्ताव ३ महिनाभित्र र प्रधानन्यायाधीशसहितका सर्वाेच्चका न्यायाधीश एवं संवैधानिक निकायका पदाधिकारीविरुद्धका महाअभियोग ६ मिहना भित्र टुंगाइसक्नु पर्ने व्यवस्था बन्ने भएको छ । महाअभियोग सर्ने नियम बनाउन सांसदहरुबीच सहमति भएको छ ।