बारा । विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा ‘सेज’ को निर्माणाधीन भवन भत्किदा २ जना घाइते भएका छन् । मोरङ जिल्ला सुनवर्षी नगरपालिका–६ बस्ने २० वर्षीय अर्जुन मुर्मुरे र २६ वर्षीय मोहन मुर्मुरे घाइते भएका हुन् । सेजको प्रर्दशनी हलको ढलान छत भत्किएको थियो । उनीहरुको उपचारपछि डिस्चार्ज गरिएको छ ।
Advertisement
पिलरको उचाइ बढी हुँदा ढलान भएको भवनको टेकोमा समस्या आएर भत्किएको जनाइएको छ । तर, स्थानीयले ठेकदारको लापरबाहीले भत्किएको आरोप लगाएका छन् । प्रतिष्ठा निर्माण कम्पनीले भवन निर्माणको जिम्मा लिएको छ ।