काठमाडौं । गएको जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले मध्यावधि समीक्षामार्फत कटौती गरेका छन् । शर्माले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट ल्याएकामा अर्थमन्त्री पौडेलले मध्यावधि समीक्षामार्फत १५ खर्ब ४९ अर्ब रुपैयाँमा झारेका हुन् ।
Advertisement
आइतबार प्रतिनिधिसभामा मध्यावधि समीक्षाको जानकारी दिँदै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा चुनौती देखिएकाले खर्च कटौती गर्नुपरेको बताए ।