नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रपति चुनावमा कसकसले सेन्टिफ्ल्याट खाने हो भन्ने कुरा थाहा नभएको बताएका छन् । नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दङ्ग परेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले हरेक व्य क्तिहरू म राष्ट्रपति हुने भएँ भनेर दंग परिरहेको समेत उनले बताएका छन् । ’हरेक व्यक्तिहरू म राष्ट्रपति हुने भएँ भनेर दंग परेका छन्,’ उनले भने, ’दंग पारिएको छ। सबैलाई राष्ट्रपति पद दिइएको छ। भइहाले भनी भइराखेको छ।’
नेपालले नेपालको राजनीति सत्ताको खेलमा नै गइरहेको संकेत गरेका छन् ।अध्यक्ष नेपालले देशको राष्ट्रिय परिस्थिति दूषित रहेको बताए । उनले आफ्नो पार्टी केही होइन भन्नेहरूलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको समेत बताए । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिमबाट सरकारमा उदाएर देखाएको बताए ।
यस्तै नेपालले एकीकृत समाजवादी पार्टी पनि राष्ट्रिय राजनीतिमा रहेको र उनीहरूको पनि देशको राजनीति प्रभावित गर्ने कुरामा आफ्नो पनि भूमिका रहेको बताएका छन्।