काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षकै राष्ट्रपति हुने दाबी गरेका छन् । उनले आँफुहरुले भनेकै व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकपछि उनी सञ्चारकर्मीसँग थोरैमात्रै बोले । ओलीले भने, “हामीले जो भन्छौँ, त्यही हुन्छ ।”
Advertisement
राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । कांग्रेसले पनि राष्ट्रपति उम्मेदवार बनाउने तयारी गरेको छ । राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने बहस चलेका बेला ओलीले एमालेनै निर्णयक हुने जीकिर गरेका हुन् ।