काठमाडौँ । नेकपा माओवादी केन्द्रले ५ वटा दलहरुसँग एकैसाथ पार्टी एकता गर्ने तयारी थालेको छ । प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोलीले ५ पार्टीसँग संवाद गरेको हो । गत पुस २३ गतेको पदाधिकारी बैठकले महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
Advertisement
वार्ता टोली सदस्यमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत छन् । ५ दलसँग एकताको प्रयास भैरहेपनि अन्तिम निष्कर्षमा भने वार्ता टोली पुगिसकेको छैन । एमाले बाहेकका वामशक्तिहरु मिलाउने तयारीमा माओवादी केन्द्र लागिपरेको छ । वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले अन्य दलहरुसँग पार्टी एकता गर्न छलफल–संवाद भैरहेको बताए । एकताका लागि भने कुनै शक्तिसँग फाइनल कुरा मिल्न भने बाँकी रहेको बताए ।