काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सबैले ध्यान दिनुपर्ने बताएकी छन् । आज संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक क्षेत्रका समस्या समाधानका लागि गहन अध्ययन र परामर्श गरी उचित निकास दिनुपर्ने बताइन् ।
Advertisement
सरकारको वित्त नीतिमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् । नागरिकले घरदैलोमै सरकार रहेको अनुभुति दिलाउने गरी सेवाप्रवाहमा जोड दिनुपर्ने बताइन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिएकी छन् । राष्ट्रपति भण्डारी आर्थिक वृद्धिमा कृषि क्षेत्रलाई बढवा दिनुपर्ने बताइन् । उनले अर्थतन्त्रको सुदृढिकरणमा गम्भीर पाइला चाल्नुपर्ने बताइन् ।