काठ्माण्डौ । नेपालका चार कम्युनिष्ट पार्टीहरुले एकता गर्ने तयारी गरेका छन् । उनीहरुले छलफल तीव्र पारेका छन् । नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल ‘आहूती’ नेतृत्वका वैज्ञानिक समाजवादी पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले एकताबारे शुक्रबार छलफल गरेका छन् ।
Advertisement
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बैठक बसेको हो । फागुन १५ गते फेरी बैठक बस्ने भएको हो । विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि फेरी बैठक बस्न लागेको जनाइएको छ ।