काठमाडौं । रास्वपालाई पुनः सरकारमा आउन आग्रह गरिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा आउन आग्रह गरिएको हो ।
Advertisement
बालुवाटारमा बसेको बैठकमा छलफलको एजेण्डा रास्वपालाई सरकारमा ल्याउने बारे छलफल भएको थियो । तर, यसमा रविले दिएको जवाफबारे केही बताइएको छैन । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ । बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए ।
जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् । सत्ता गठबन्धनमा सहभागी प्रमुख राजनीतिक दलले समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए ।