काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् । दिउसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने जनाइएको छ । राष्ट्रपतिको सम्बोधनका लागि संसद् सचिवालयले आवश्यक तयारी गरिसकेको छ ।
Advertisement
राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन् । दुवै सदनले धन्यवादको प्रस्ताव पारित गर्ने संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । पहिलो अधिवेशन भएकाले राष्ट्रपतिले सम्बोधन गर्न लागेकी हुन् । यस्तै, राष्ट्रपति भण्डारीले भोलि शनिबार अपराह्न ३ बजे नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापानको आयोजना गरेकी छन् ।