कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशसभामा बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री रावलको भाग्य फैसला गर्ने प्रदेश सभाको बैठक नागरिक उन्मुक्ति पार्टीको उपस्थित बिना अपह्वान ४ बजे भनिएपनि केही ढिलो गरी सुरु भएको हो ।
बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने छन् । सो प्रस्तावमाथि छलफल पछि सभामा मत विभाजन हुने छ । मुख्यमन्त्री नियुक्ति हुँदा नागरिक उन्मुक्तिको समेत समर्थन पाएका रावलले सो पार्टीको विश्वासको मत भने पाउने सम्भावना न्यून भएको छ ।
नागरिक उन्मुक्तिका सांसद काठमाडौंमा रहेका छन् । गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका रावलले एमालेसहित, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपाका सांसदको समर्थन पाएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले एक महिनाभित्र वा बिहीबारसम्म विश्वासको मत लिनुपर्ने छ ।