काठमाडौं । सत्तारुढ नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि सचिवालय बैठक बसेको हो ।
Advertisement
राष्ट्रपति निर्वाचन र सुदुरपश्चिमको सरकारमाथि आइपरेको संकटका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक बसेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा पनि राष्ट्रपति निर्वाचन र सुदूरपश्चिम प्रदेश सरकारले लिने विश्वासको मतका विषयमा छलफल हुने जनाइएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बिहीबार दिउँसो ३ बजे बस्दैछ । यस्तै, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने भनिएको प्रदेश सभा बैठक अपराह्न ४ बजे बस्दैछ ।