काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको कार्यविभाजन टुंग्याएको छ । २०७८ पुस दोस्रो साता काठ्माण्डौमा सकिएको आठौँ महिधिवेशनको १ वर्षपछि कार्यविभाजन टुंग्याएको हो ।
Advertisement
जनार्दन शर्मा प्रभाकर, वर्षमान पुनले पुरानै जिम्मेवारी पाएका छन् । संगठन विभाग प्रमुखमा प्रभाकर, अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा पुनले जिम्मेवारी पाएका हुन् ।
वरियतामा पार्टी अध्यक्ष ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् ।
महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।