रुपन्देही । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् । सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
Advertisement
दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए ।दसौंदीलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलको समर्थन थियो ।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो । निर्वाचनमा ३०५ जना मतदाता थिए । जसमा ३०४ जनाले मतदान गरेका थिए ।