रुपन्देही । बुटवल क्षेत्रमा भोलिदेखि एक हप्ता नियमित विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखाले सूचना जारी गर्दै माघ २६ गतेदेखि फागुन ३ गतेसम्म बिहान ७ बजेदेखि ११ बजेसम्म विद्युत प्रसारण रोकिने जानकारी दिएको हो ।
कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाले नवलपरासीको सुनवल नगरपालिका १३ बडेरास्थित न्यू बुटवल सबस्टेसन नजिकै पर्ने आयोजनाको एमसीटी १६ को पावर इरेक्सन कार्य गर्नका लागि माघ २५ गतेदेखि फागुन ३ गतेसम्म प्रत्येक दिन बिहान ७ः०० बजेदेखि ११ः०० बजेसम्म बुटवल–बर्दघाट १३२ केभी डबल सर्किट प्रसारण लाइन सट डाउन हुने महाशाखाले जनाएको छ ।
प्रसारण लाइन बन्द हुँदा नेपाल विद्युत प्राधिकरण बुटवल ग्रिड महाशाखा अन्तर्गत रहेका सुनवल, बुटवल, मैनीहवा सब स्टेसनहरुबाट सन्चालित औद्योगिक तथा आवश्यकता अनुसार अन्य ग्राहकहरुमा पनि विद्युत सेवा अबरुद्ध हुनसक्ने सूचनामा उल्लेख छ ।