भरतपुर ।खैरहनी नगरपालिका वडा नम्बर ९ ले महिलाहरुका लागि नेतृत्व विकास तालिम दिएको छ । तालिममा ३४ जना सहभागी बनेका थिए ।
वडाध्यक्ष बन्धुराम चौधरीले आत्मविश्वास बढाउदै नेतृत्व पहुँच पुर्याउन तालिम दिइएको बताए । तालिम समापनमा बोल्दै उनले टोल-गाउँका समस्याबारे आवाज उठाउन सहयोग पुग्ने बताए । चितवनका सञ्चारकर्मीहरु मनोज पन्त, करिश्मा थापा, विप्लव काफ्लेले प्रशिक्षण दिएका थिए । नेतृत्व विकास, उद्घोषण, कार्यक्रम सञ्चालन, भाषणकला लगायतका विषयमा ३ दिनसम्म तालिम दिइएको हो ।
प्रशिक्षक विप्लव काफ्लेले वडा तहबाट बोल्ने अभियान सुरु हुनुले जागरुक नागरिक बनाउन पुग्ने बताए ।वडाभित्रका ११ टोल विकास संस्थाका महिला प्रतिनिधिहरु सहभागी बनेका थिए ।
तालिम समापनमा कार्यक्रम संयोजक तथा कार्यपालिका सदस्य विक्रमिया महतो, वडा सदस्यद्वय विनु विश्वकर्मा, नारायण भण्डारी लगायतको सहभागीता रहेको थियो । ९ नम्बर वडा कार्यसम्पादनमा नगरपालिकाकै सर्वोत्कृष्ट वडा हो।