भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल लामिछानेले आफ्नो श्रीमान जनताको मान्छे भएको बताएकी छिन् । अरुले जे जस्तो भने पनि रविको निर्भिकताको उनले प्रशंसा गरेकी हुन् ।
आज एउटा छोटो फेसबुक स्टाटस शेयर गर्दै उनले यस्तो बताएकी थिईन् ।उनले फेसबुकमा लेखेकी छिन्..
मेरो मान्छे, जनताको मान्छे हो। आम–संचारले के भन्छ छोडिदेउ,आम मान्छेको मनमा छौ तिमी। हिजो तिमी जनतालाई दुख्दा कराउथ्यौ यस पटक आफैलाई दुखेर कराएको हौं। मलाई यस्तै हिम्मतिलो तिमी मन पर्छ। निडर,निर्भीक रवि लामिछाने, जनताको रवि लामिछाने, मेरो रवि लामिछाने। भगवानले सधै तिम्रो रक्षा गर्छन्।
रवि लामिछानेले सरकार छाड्ने निर्णयसँगै नेपाली मिडियाका विषयमा गरेको टिप्पणीले तरङ्ग पैदा गरेको थियो । लामिछानेले आइतवार एउटा पत्रकार सम्मेलनमार्फत् विभिन्न सञ्चार गृहका सञ्चालक, पत्रकार, सम्पादकदेखि आमट्विटर प्रयोगकर्तामाथि प्रत्यक्ष आरोप लगाए अनि कतिपयलाई व्यङ्ग्य समेत गरेका थिए ।