काठमाडौं । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
Advertisement
नेकपा माओवादी केन्द्रले फागुन १ गतेका दिन जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको छ । यस्तै कर्णाली प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीलाई दिइएको छ । जिसी माओवादी केन्द्रबाट मन्त्री भएका बनेका हुन् ।
मन्त्रीपरिषद्को बैठकले फागुनदेखि मन्त्रिपरिषद्को बैठक दोस्रो र चौथो साताको बुधबार बस्ने निर्णय समेत पनि गरेको छ ।बैठकले एकीकृत बस्ती विकास कार्यक्रम नियमावली स्वीकृत गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ ।