काठमाडौँ । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको शपथ १० बजे हुने भएको छ ।संसद् सचिवालयका अनुसार शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनको शपथ गराउने छिन ।शपथ लगत्तै संसद् सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको सचिवालयले जनाएको छ ।
अर्याल २०१३ साल असोज २० गते जगरनाथपुर गाउँपालिका( ५ मसिहानी, पर्सामा जन्मिएकी हुन् । उनका बुवा बलराम र आमा जगतमाया अर्याल हुन् । हाल उनी पर्साको वीरगञ्ज महानगरपालिका( २३ गण्डक चोकमा बस्दै आएकी छन् ।
अस्थायी रुपमा बुढानिलकण्ठ नगरपालिका- ४, रुद्रेश्वर काठमाडौंमा बसोबास गर्ने उनका श्रीमान डा।यमबहादुर थापासँगै एक छोरी र एक छोरा रहेका छन् ।
अर्यालले भारतको पञ्जाबस्थित रिम्टस् विश्वविद्यालयबाट राजनीतिक समाजशास्त्रमा विद्यावारिधि गरिरहेकी छन् । उनले भारतकै इन्दिरा गान्धी विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तरसमेत गरेकी थिइन् ।