मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिषदलाई पूर्णता दिएका छन् । उनले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम तोकिएको छ । यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीन जना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।
यसअघि मुख्यमन्त्री यादवले पुस २९ गते तीनजना मन्त्री र माघ २० गते ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका थिए ।अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित मन्त्रीमण्डलको संख्या १५ सदस्य पुगेको छ ।केन्द्रीयस्तरबाट जसपा र माओवादीबीच वार्ता भएपछि माओवादी सरकारमा सहभागी भएको हो ।