भरतपुर । संसदीय समितिको भागबण्डा नमिलेपछि बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । दुई पटक बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि बैठक रोकिएको हो । प्रदेशसभा बैठक अब माघ २६ गते बस्ने छ ।
Advertisement
५ वटा संसदीय समितिको सभापतिमा सत्तापक्ष र प्रतिपक्षले दाबी नछाडेपछि भागबण्डा मिल्न नसकेको हो । कांग्रेसले प्रतिपक्ष भएकाले ५ वटै सभापति आँफुले पाउनुपर्ने अडान लिएको छ । सत्तापक्षबाट एमालेले २, माओवादी केन्द्र २ र राप्रपाले २ समितिको नेतृत्वमा दावी गर्दै आइरहेका छन् । अब भोलि बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने जनाइएको छ ।