काठमाडौं । काठ्माण्डौको मीनभवन क्याम्पसमा कांग्रेस निकट विद्यार्थीका दुई समूहबीच झडप भएको छ । नेपाल विद्यार्थी संघका दुई समूहबीच ढुङ्गा हानाहान भएको हो । संस्थापन र इतर पक्षका दुई विच झगडा भएको थियो ।
Advertisement
स्थिति तनावग्रस्त भएपछि प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले ढुंगा हानाहान भएपछि प्रहरी घटनास्थलमा पुगिसकेको बताए । स्रोतका अनुसार शेखर–गगन पक्षका विद्यार्थीहरुको भेला विथोल्न संस्थापन पक्ष पुगेको जनाइएको छ ।