काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद उर्मिला अर्याल राष्ट्रियसभाको उपाध्यक्षमा निर्वाचित भएकी छन् ।
Advertisement
सोमबार बसेको राष्ट्रियसभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा हिजो भएको उमेदवारी दर्ताका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन् ।
बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभाका माननीय सदस्य उर्मिला अर्याललाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निविरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।