काठ्माण्डौ । राजिनामा दिएका ३ मन्त्रीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेर ४२ दिनमा बाहिरिएका निर्वतमान मन्त्रीहरुले पत्रकार सम्मेलन गरेर मन्त्रालय नेतृत्वको समीक्षा गर्न लागेका हुन् ।
Advertisement
आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् । आज दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् । रास्वपाले आइतबार पत्रकार सम्मेलनमार्फत सरकारबाट बाहिरिने निर्णय गरेपनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने भएको छ ।