काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साेमबार प्रतिनिधिसभामा रहेका सबै राजनीतिका दलका प्रमुख सचेतकहरूसँग सामूहिक छलफल गरी राय लिने भएका छन्।
Advertisement
आज बिहान ९ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बोलाइएको बैठकमा संसदलाई कसरी प्रभावकारी बनाउने र सरकारले संसदलाई दिनुपर्ने काम र जिम्मेवारीका बारेमा राय लिने तयारी रहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ। सचिवालयका अनुसार संसदको आगमी बैठकलाई प्रभावकारी रूपमा लैजानका लागि सल्लाह माग्न प्रमुख सचेतकहरूलाई बोलाइएको हो।