एजेन्सी । पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनको ७९ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा उनको दुबईमा ज्यान गएको हो ।
तत्कालीन प्रधानमन्त्री नवाज सरिफलाई अपदस्त गरी मुशर्रफले सत्ता हातमा लिएका थिए ।
Advertisement
पछि उनलाई यही प्रकरणमा पाकिस्तानको एक अदालतले मृत्युदण्डको समेत फैसला गरेको थियो । उनी हलचल गर्न नसक्ने अवस्थामा पूर्णरुपमा ह्वीलचियरमा आश्रित रहेको भिडियो केही पहिले सार्वजनिक भएको थियो । दरियागंज दिल्लीमा उनको जन्म १९४३ ११ अगस्टमा भएको थियो ।