काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी नदिने भएको छ । आज पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कांग्रेस संसदीय कार्य समिति बैठकले उमेदवारी नदिने निर्णय गरेको हो ।
Advertisement
विपक्षी दलहरूसँगको छलफलपछि उम्मेदवारी नदिने निर्णयमा पुगिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । यो सँगै राष्ट्रियसभा उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार उर्मिला अर्याल निर्विरोध चयन हुने देखिएको छ ।
राष्ट्रियसभाको रिक्त रहेको उपाध्यक्ष पदका लागि आज मनोनयनपत्र दर्ता गरिँदै छ। ल्होत्से हल, संघीय संसद् भवन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ता गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।