भरतपुर । चितवनको माडीमा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्स प्रतियोगिता हुने भएको छ । नेपाल एथलेटिक्स संघ तथा माडी नगरपालिकाको संयुक्त आयोजनामा यही फागुन ११ गतेदेखि प्रतियोगिता ३ दिनसम्म चल्नेछ । प्रतियोगिता माडीको बसन्तपुर खेल मैदानमा हुनेछ । चितवन जिल्ला एथलेटिक्स संघ चितवनका अध्यक्ष तथा कार्यक्रम संयोजक माबहादुर रजाली मगरले २६ विधाका खेलहरु हुने बताए ।
भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले देशभरीबाट १ सय ३५ खेलाडीको सहभागिता रहने जानकारी दिए । २० वर्ष ननाघेका खेलाडीहरुमात्रै सहभागि हुन पाउनेछन् ।
१ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५०० मिटर, ३ हजार मिटर, ४ हजार मिटर, ५ हजार मिटरका दौडहरु हुनेछन् । यस्तै सटफुट, लंगजम्प, हाइजम्प, ट्रिपल जम्प, जेभिलिन लगायतका खेलहरु हुनेछन् । हरेक प्रदेशबाट प्रत्येक इभेन्टमा २ जना खेलाडी समावेश हुनेछन् ।
कार्यक्रम संयोजक मगरले हरेक विधामा स्वर्ण, रजत र कास्य पदकहरु वितरण गरिनेछ । प्रथम पुरस्कार ५ हजार, द्वीतिय पुरस्कार ३ हजार, तृतीय पुरस्कार २ हजार रुपैयाँ प्रदान गरिनेछ । खेलाडीहरुलाई खाना, बस्न र पोशाकको व्यवस्था गरिने बताए । जनियर नेष्नल रेकर्ड होल्डरलाई ७ हजार, वेष्ट प्लेयर तर्फ महिला–पुरुषलाई पुरस्कृत गरिनेछ ।
प्रतियोगिता सफल पार्न २७ लाख २ हजार ७ सय २० रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
माडीका उपमेयर खेमप्रसाद महतोले राष्ट्रियस्तरको एथलेटिक्स प्रतियोगिताले माडीलाई विश्वभर चिनाउन सघाउने बताए । माडीको खेल पर्यटन, अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गरिएको बताए ।