काठमाडौं । बलात्कार मुद्दाका अभियुक्त सन्दीप लामिछानेलाई खेलमा फर्काएको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन भएको छ । महिलावादी अभियन्ताहरूको पहलमा भएको प्रदर्शनमा नेपाल क्रिकेट संघविरूद्ध लक्षित थियो ।
Advertisement
उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) र सन्दीपलाई बहिस्कार गर्नुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् ।एक नाबालिकालाई बलात्कार गरेको अभियोग क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा विचाराधीन ।
तर क्रिकेट संघले उनलाई राष्ट्रिय टिममा फर्काएपछि विरोध भइरहेको छ । सन्दीप राष्ट्रिय टोलीमा समावेश भएसँगै शुक्रवारबाट बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।