भरतपुर । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले किसानहरुको समस्या हल गर्न मन्त्रालय तयार रहेको बताएकी छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले रत्ननगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आन्दोलनमात्रै समस्या समाधानको उपाय नभएको बताएकी छन् ।
“केही दुग्ध सहकारी अनुगमन गरेँ, जहाँ पनि समस्यै समस्या छन्”, उनले भनिन्, “नीतिगत रुपमै किसानका समस्या हल गर्ने गरी मन्त्रालय लागिपरेको छ ।” उनले वास्तविक किसानको पहिचान गरेर सिँचाई, घाँस खेती विस्तार, विद्युतमा सहुलियत दिनेबारे सोचिरहेका छौँ”, उनले भनिन्, “जाँगर लगाएर काम गरिरहेका किसानलाई उत्साहित गर्नेछौँ ।” उनले आँफु संघर्षको मैदानमा रहेको बताउँदै किसानका समस्या हल गर्ने प्रतिवद्धता जनाइन् ।
“व्यवस्था फेरियो, अवस्था फेरिएन भनेर धेरै चर्चा हुने गर्छ”, उनले भनिन्, “हामी अवस्था परिवर्तनकै लागि आएका हौँ, काम गरेर देखाउनेछौँ ।” उनले दुग्ध विकास संस्थानलाई समयमै किसानको दूध खरिदको भूक्तानी गर्न निर्देशन समेत दिइन् । संघले मन्त्री साहलाई ८ सुत्रिय माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।
अध्यक्ष किशोर बगालेले तत्काल दूधको मूल्य वृद्धि गर्नुपर्ने लगायतका मागहरु राखे । पशु आहार तथा चोकरको मूल्य तत्काल नियन्त्रण गरेर घटाउनुपर्ने, पशु विमा सहज बनाउनुपर्ने, कृषि ऋणको समयसीमा ५ वर्षलाई बढाएर १५ वर्ष बनाउनुपर्ने, दूध उत्पादनमा अनुदान बढाउुनपर्ने, कृषक परिचयपत्र वितरण तुरुन्त गर्नुपर्ने, प्राविधिक सुविधाको व्यवस्था फार्ममा हुनुपर्ने, सहकारीबाट उत्पादीत दानामा प्रति केजी अनुदान हुनुपर्ने मागहरु राखे ।
चितवनमा दैनिक ३ लाख ५० हजार दूध उत्पादन हुनेगर्छ । जसमध्ये ४५ प्रतिशत चितवनमै खपत हुनेगर्छ । बाँकी बाहिरि जिल्लामा बिक्रि हुनेगर्छ । चितवनमा १ सय १० वटा दुग्ध सहकारीहरु छन् । ५ सय बढी व्यवसायीक फार्महरु रहेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारीका उपाध्यक्ष भागिरथ तिमिल्सिनाले किसानका मागहरु सम्बोधन नभए किसान विद्रोह हुने चेतावनी दिए ।
“चितवन कृषिको हब हो, बजार नपाउँदा उत्पादन सडकमा ल्याएर फाल्नुपर्ने, पोख्नुपर्ने बाध्यता छ”, उनले भने, “दूधको मूल्य समायोजन गर्नुपर्छ, लागत अनुगमन भनेर अलमल्याउने काम नहोस् ।” उनले फागुन १ गतेसम्म माग सुनवाई नभए आन्दोलन सुरु हुने बताए । जिल्ला संघका उपाध्यक्ष रामेश्वर ओलीले किसानका पीडा हल गर्न मन्त्रालय सकारात्मक हुनुपर्ने बताए ।
मन्त्री साहलाई दुग्ध किसानले बुझाए ८ सुत्रिय माग
मन्त्री साहलाई दुग्ध किसानले बुझाए ८ सुत्रिय माग
" आन्दोलनमात्रै समाधानको उपाय नभएको मन्त्रीको जीकिर "
Advertisement
तपाईको प्रतिक्रिया