काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।अध्यक्ष ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
Advertisement
राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको २ दिने डेडलाइन आज सकिँदैछ । गृहमन्त्रालय पाउनुपर्ने अडानमा रहेको रास्वपाले आजसम्म कुर्ने निर्णय गरेको छ ।
भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको छ । शनिबार बिहानैदेखि शीर्ष नेताबीच छलफल सुरू भएको हो ।