भरतपुर । सौराहामा फुड फेष्टिबल हुने भएको छ । ‘प्रणय दिवस’ को अवसर पारेर फुड फेस्टिबल हुन लागेको हो । क्षेत्रीय रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेवान) सौराहा र रेवान महिला समूहको संयुक्त आयोजनामा १७ औँ सौराहा फुड फेस्टिबल गर्न लागिएको हो ।
फेष्टिबल माघ २९ देखि फागुन २ गतेसम्म हुनेछ । शुक्रबार पत्रकार सम्मेलनमा फुड फेष्टिबलका संयोजक ध्रुव गिरीले सौराहाको पर्यटन गतिविधिलाई थप उजागर गर्न फेष्टिबल गर्न लागिएको बताए । स्थानीय, परम्परागत खानाका परिकार, स्वदेशी तथा विदेशी खाना, स्थानीय कला संस्कृति प्रर्दशन लगायतका गतिविधिहरु हुनेछन् । रेवान सौराहाका अध्यक्ष नरेश गिरीले दैनिक ५ हजार पर्यटकले फेष्टिबलको अवलोकन गर्ने अनुमान गरिएको बताए ।
उनका अनुसार २९ गते देखि फागुन १ गते साँझ ५ बजे देखि राति १० बजे सम्म र फागुन २ गते ‘प्रणय दिवस’ को दिन साँझ ५ बजे देखि राति ११ बजे सम्म कार्यक्रम हुने बताए ।
विभिन्न जातजाती, आमा समुह, भजन समुह लगाएत संघ संस्थाको झाँकी प्रदर्शन तथा प्रतियोगिता, सौराहा ड्याक सम्म हरेक दिन बेलुकी विभिन्न जातजातीहरुको कला तथा संस्कृति सहितको प्रदर्शनी हुने उनले बताए ।
फेष्टिबलले आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने व्यवसायीले विश्वास लिएका छन् । करिब ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालमा आउने कुल पर्यटकमध्ये २२ प्रतिशत सौराहा आउने गर्छन् । सौराहामा पर्यटकहरु जंगल सफारी, हात्ती सफारी, जीप सफारी, डुङ्गा सयर गर्न पर्यटक अउाने गर्छन् ।