काठमाडाैँ । दुर्लभ एक सिङ्गे गैँडा संरक्षण सम्बन्धि अन्तराष्ट्रिय छफलफ हुने भएकाे छ। एसियाका ५ देशका उच्च अधिकारीहरूकाे छलफल शुक्रबारबाट चितवनमा सुरू हुने भएकाे हाे । ‘थर्ड राइनो रेञ्ज कन्ट्रिज मिटिङ’ ३ दिनसम्म चितवनको पटिहानीमा हुने भएकाे छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा गणेश पन्तका अनुसार नेपाल, भारत, भुटान, इण्डोनेसिया र मलेसियाका उच्च अधिकारी बैठकमा सहभागी हुनेछन् ।
नेपालबाट निकुञ्ज र वन विभागका महानिर्देशकसहित मन्त्रालयका सहसचिव बैठकमा सहभागी हुने छन् । यससँगै अरु देशबाट पनि गैँडासँग सम्बन्धित विज्ञ सहभागी हुने उनले जानकारी दिए। फिल्डमा रहेर काम गर्ने कर्मचारी पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् । उनका अनुसार विज्ञहरूले कार्यपत्र र अनुभव आदान–प्रदान गर्नेछन् ।
विश्वमै सबैभन्दा बढी एकसिङ्गे गैँडा क्रमशः भारत र नेपालमा पाइन्छ । यसको संरक्षणमा देखिएका चुनौतीहरूका विषयमा बृहत् छलफल गरी आगामी योजनाहरू तय गरिने बताइएको छ । यसअघि पहिलो बैठक इण्डोनेसिया र दोस्र्रो बैठक भारतको दिल्लीमा भएको थियो ।