चितवन – चितवनको कालिका नगरपालिकामा सम्पन्न कमरेड निमा स्मृति खुला नकआउट फुटबलको उपाधि कमरेड निमाले जितेको छ । आज (बिहीबार) सम्पन्न फाइनल खेलमा चौधरी मोटर्स खैरहनीलाई हराउँदै कमरेड निमाले उपाधि जितेको छ । प्रतिस्पर्धात्मक उपाधि भिडन्तमा कमरेड निमा १-० ले विजयी भयो ।
कमरेड निमाको जितमा विवेक मगरले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा गोल गर्दै विवेकले कमरेड निमालाई च्याम्पियन बनाए । उनी नै खेलको म्यान अफ दि म्याच चुनिए । विजेता बनेको कमरेड निमाले उपाधिसहित एक लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा समित चौधरी मोटर्स खैरहनीले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ ।
कमरेड निमाका भीष्म घिमिरे प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । यस्तै कमरेड निमाकै प्रदीप भण्डारी प्रतियोगिताभरको उत्कृष्ट गोल रक्षक, मनिष गोले उत्कृष्ट डिफेन्डर, सन्दीप सेन्चुरी उत्कृष्ट मिडफिल्डर र चौधरी मोटर्स खैरहनीका सुनिल तामाङ सर्वाधिक गोलकर्ता बने । जनयुद्धमा सहादत प्राप्त गर्ने सहिदहरुको सम्झनामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) कालिका नगर समितिले आयोजना गरेको प्रतियोगितामा १५ टोली सहभागी थिए ।
Advertisement