भरतपुर । चितवनका प्रहरी प्रमुख नवराज अधिकारी केन्द्रीय अनुसन्धान व्युरो महाराजगञ्ज काठ्माण्डौ सरुवा भएका छन् । उनी १ वर्ष चितवन प्रहरी प्रमुखका रुपमा कार्यरत थिए । अब रामेश्वर कार्की चितवन प्रहरी प्रमुखका रुपमा आउने छन् । उनी विशेष सुरक्षा गण सुनवलबाट सरुवा भएर आउन लागेका हुन् ।
यस्तै नेपाल प्रहरी शिक्षालय भरतपुरका प्रकाश मल्लको सरुवा भएको छ । उनी मल्ल जिल्ला प्रहरी कार्यालय महोत्तरी सरुवा भएका छन् । उनी नवलपुर प्रहरी प्रमुखबाट १ वर्ष पहिले चितवन आएका थिए । मल्लको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय अपराध अनुसन्धान शाखा पोखराबाट सरुवा भएर प्रकाश रानाभाट शिक्षालय आउने भएका छन् ।
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ५३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको हो । मानव स्रोत विकास विभागका अनुसार अनुपम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय गोरखा, तनहुँमा अवदेश विष्ट क्षेत्री, गौतम मिश्रलाई धादिङ जिल्लाको इन्चार्ज, पश्चिम नवलपरासीमा विनोद सिलवाल र रुपन्देहीमा भरत बहादुर बिक सरुवा भएका छन् ।