भरतपुर । अधिवक्ता स्वागत नेपालले देशविरुद्ध बलात्कार गरेपनि तालि बजाउने कार्यकर्ता देशका लागि खतरनाक भएको बताएका छन् । कापुरबोट मिडियासँगको कुराकानीमा उनले भने, “त्यही मन्त्रालय चाहिन्छ, सांसदनै नभएकोले मन्त्री हुन्छु भन्नेहरुलाई त्यतिबेला टेलिभिजनबाट सत्तोसराप गाली गर्नुभाछ । आज त्यही उहाँले गर्नुभएको छ । आफ्नो नेताले मातृभूमी विरुद्ध, देशविरुद्ध बलात्कार गरेपनि तालि बजाएर बस्ने कार्यकर्ता हुनु खतरा हुन्छ ।”
उनले गृहमन्त्रालय तथा सांसद पद गुमाएका रास्वपाका सभापति रवि लामिछानेको गृहमन्त्रालय पुनप्राप्तिको दौडधुप अस्वभाविक भएको उनको तर्क छ । नेपाली नागरिकता फेरी लिन आग्रह गर्दा लामिछानेले विगतमा गरेको इन्कारकै कारण वर्तमान अवस्था सृजना भएको बताए ।
“रवि विदेशी नागरिक थिए, पछि नेपाली नागरिकता त्यागे, अमेरिकाको पनि त्यागे, न उनी अमेरिकी भए न नेपाली भए, राज्यविहिन बने”, उनले भने, “त्यो उहाँको च्वाइसको विषय थियो, तर नेपाली कदापी हुन्न, कदापी फाराम भर्दिन, त्यो खोस्टोले के गर्छ भनेर टेलिभिजनमा आएर भन्नुभयो, नागरिकता भर्नुस्, दुई वटा कानुन छैन, सबैलाई एउटै हो कानुन भन्दा मान्नुभएन ।”
उनले नागरिकता लिनुपर्छ भन्दा विरोधि ठान्नेहरुले भगवानको पनि नागरिकता हुन्छ र भन्नेहरुकै कारण लामिछाने थपसंकटमा पुगेको जीकिर गरे । उनले प्रतिपक्षी सांसदले गर्ने भूमिका आँफुले निभाइरहने बताए ।