काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
सर्वोच्चको आदेशपछि उपप्रधान एवं गृहमन्त्रीबाट बाहिरिएका उनले त्यसपछि मौनता तोड्ने बताउँदै भनेका छन्, “अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आज सम्मका लागि मात्रै हो म अभिमन्यु होइन,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ।
अभिमन्यु पौराणिक ग्रन्थ महाभारतका एक पात्र हुन्। अर्जुनका पुत्र अभिमन्यु महाभारतको युद्धमा कौरवहरूको चक्रव्युहभित्र पसेका थिए तर उनलाई चक्रव्युहबाट निस्किने उपाय थाहा थिएन। त्यही भएर उनको चक्रव्युहभित्र उनको हत्या भएको थियो। तिनै पात्रलाई उल्लेख गर्दै लामिछानले आफू त्यस्तो नभएको बताएका हुन्।
यसैविच रास्वपाको बैठक आज साँझ बस्दैछ । सरकारमा बस्ने कि बाहिरिने भन्ने विषयमा सो बैठकमा छलफल हुने बताईएको छ ।