काठमाडौँ । कांस्रेस संसदीय दलको बैठक माघ २६ गते बस्ने भएको छ । आज विहान बसेको बैठकमा थप गृहकार्य नपुगेको भन्दै २६ गते फेरी बैठक बस्ने भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज विहान बैठक बसेको थियो ।
काँग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरूसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको बताए । संसद भित्रको व्यस्तताका कारण केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको बताए ।
अब बस्ने संसदीय दलको बैठक माघ २६ गते १ बजे संसद भवनको ल्होत्से हलमा बस्नेछ । कांग्रेसले राष्ट्रपति पदमा दाबी गर्दै आएको छ । प्रमुख सचेतक लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति÷उपराष्ट्रपतिमा राष्ट्रिय सहमति खोजेकाले वार्ताका लागि बोलाए काँग्रेस प्रधानमन्त्रीसँग वार्ता गर्न तयार रहेको बताए । राष्ट्रपतिको निर्वाचनका लागि आन्तरिक तयारीमा जुटिसकेको बताए ।