काठमाडौँ । नेपाली कांग्रेस संसदीय दल कार्य समितिको बैठक आज बस्दैछ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बिहान बैठक बसन लागेको हो । बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुने जनाइएको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते हुँदैछ ।
Advertisement
राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो। राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो। सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । कांग्रेस उम्मेदवारी दिने नदिने अलमलमा छ । उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेको नाम चर्चामा छ ।