काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने छ । हिजो बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै सारिएको थियो ।
Advertisement
बैठबमा नेताको जिम्मेवारी बाँडफाँटको टुङ्गो लगाउने तयारी रहेको पार्टी महासचिव देव गुरुङले जानकारी दिए । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारेमा छलफल हुने जनाइएको छ ।