भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी छाडेका छन् । उनी मंसिर ४ को निर्वाचनमा सक्रिय भएपनि पछि उनी पार्टीमा निष्क्रिय रहेका थिए । उनले पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको भन्दै पार्टी परित्याग गरेको बताए । राणा शासन जस्तो गरी पार्टीलाई अघि बढाउन खोजेको उनको आरोप छ । उनले आँफु स्वतन्त्र रहने बताएका छन् । सापकोटाले पार्टीभित्र बोल्ने अधिकारसम्म नपाएको बताएका छन् । चितवनबाट क्षेत्र नम्बर १ मा हरि ढकाल, २ मा पार्टी सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लामिछानेको नागरिकता विवादका कारण सांसद पद गुमेको छ । चितवन–२ मा उपनिर्वाचन गर्ने तयारी छ ।
Advertisement